इम्बोस्ड तत्काललाई स्थगित गर्न सांसद नेम्वाङको आग्रह

न्युजलय १८ भदौ २०८२, बुधबार ०८:५७ मा प्रकाशित

 काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयले जनतालाई थप सास्ती बढाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने उनले तत्काल इम्बोस्ड कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

इम्बोस्डलाई अंग्रेजीमा राखिएको विषयमा पनि उनले आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न गरिरहेकाले त्यो गहिरो भावनालाई बेवास्ता गर्न नहुनेमा जोड दिएका छन् ।