इटहरी । देशभर नै चेन होटल सञ्चालन गर्ने उद्देश्य राखेर पुर्वको व्यापारीक केन्द्र इटहरीमा चार तारे होटल निर्माण थालिएको छ ।
एबी होल्डिङ्स नामक कम्पनिले इटहरीको वडा नं. ९ मा ग्राण्ड सेन्ट्रल होटल निर्माण थालेको हो । ६३ वटा कोठा भएको उक्त होटललाई बिजनेस होटलको अवधारणामा सञ्चालन गरिने कम्पनिले जानकारी दिएको छ । उक्त होटलको निर्माण सुरु भइसकेकोले आगामी १५ महिनाभित्रमा सञ्चालनमा ल्याइने जनाएको छ ।
पुर्वी नेपालको भ्रमण गर्ने व्यापारी तथा पर्यटकहरुलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागिएको उक्त होटलमा स्वीमिङ पुल, जिम क्लब, स्पा, साउना बाथलगायत विश्वस्तरको होटलमा हुने सबै सुविधा उपलब्ध हुने जनाइएको छ । आफ्ना ग्राहकहरुलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले विशेष अवधारणामा होटल सञ्चालनमा ल्याउन लागिएको कम्पनिले जानकारी दिएको छ ।
इटहरीबाट सुरु भएको होटललाई आगामी १० वर्षभित्र देशभरका विभिन्न स्थानमा चेन होटल स्थापना गरी विस्तार गर्ने लक्ष्य लिइएको छ ।
अन्तर्राष्ट्रिय चेन होटलसमेत सञ्चालनमा आउँदै
द मेट्रोपोलिटन होटल
होल्डिङ्सले यो होटलबाहेक काठमाडौमा अन्तर्राष्ट्रिय होटलको चेन होटलका रुपमा सञ्चालनमा ल्याउने गरी १०६ कोठाको पाँच तारे होटलसमेत निर्माण गरिरहेको छ । द मेट्रोपोलिटन होटल प्रालि नाम दिइएको उक्त होटलको व्यवस्थापन विश्वस्तरीय होटल व्यवस्थापन समुहले गर्नेछ । नेपालमा रहेका औलामा गन्न सकिने विश्वस्तरका होटलहरुको सुचीमा यो होटल पर्नेछ र भीआइपी पर्यटक र पाहुनाको रोजाइमा पर्ने कम्पनिले जानकारी दिएको छ ।
पुर्वाधारदेखि शिक्षा, स्वास्थ्य तथा ऊर्जामा पनि लगानी
यसबाहेक कम्पनिले आधा दर्जन बढी व्यवशायीक क्षेत्रमा लगानी गरिरहेको छ । नेपालको आर्थिक विकासमा कम्पनि केन्द्रित रहेको जनाइएको छ ।
गोरखाको मनकामना मन्दिर छेउमा सबैभन्दा ठूलो लगानीमा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल निर्माण गरिरहेको छ । ४८ वटा कोठासहितको उक्त सुविधासम्पन्न रिसोर्ट होटलको व्यवस्थापनको जिम्मा भारतको सरोबर ग्रुपले लिएको छ ।
मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल
कम्पनिले स्वास्थ्य क्षेत्रमासमेत लगानी गरेको छ । ओम नर्सिङ होममा ओम हेल्थ केयर एण्ड डाइग्नोटिक्स सेन्टर सञ्चालनमा छ । यहाँ बिरामीहरुले सुविधाजनक तरिकाले स्तरीय सुविधा पाउनेछन् ।
कम्पनिले विभिन्न अवसरका क्षेत्रमा लगानी गर्नको लागि एबी इन्भेस्टमेन्ट कम्पनि सञ्चालनमा ल्याएको छ भने पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्नको लागि एबी इन्फ्रा डेभलपर प्रालि सञ्चालन गरिरहेको छ । यो कम्पनिले आफै वा ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने गर्छ ।
कम्पनिले शिक्षा, प्रविधि र ऊर्जाको क्षेत्रमा पनि रिसर्च गरी लगानी गर्नको लागि योजना अघि बढाएको छ ।
गृह नगरलाई अब्बल बनाउने अजितको लक्ष्य
देशबन्धु बस्नेत
होटल निर्माण थालेको एबी होल्डिङ्सको सञ्चालक इटहरीका अग्रज समाजसेवी व्यवशायी चन्द्रबहादुर बस्नेतका छोरा देशबन्धु बस्नेत (अजित) हुन् । चन्द्रबहादुर बस्नेत उद्योग वाणिज्य संघ इटहरीका संस्थापक अध्यक्षसमेत हुन् ।
उनका छोरा अजित, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य हुन् भने महासंघ अन्तर्गतको द्वि–राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका अध्यक्ष र जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूतसमेत हुन् । उनको नेतृत्वमा रहेको समितिले अब्बल काम गरिरहेको छ । जाम्बियाको दूत हुँदै अफ्रिकासँग नै राम्रो सम्बन्ध विस्तार गर्न उनले गरेको पहलले सकारात्मक नतिजा दिएको छ ।
इटहरीमा उनको वुवाले सुरु गरेको जयश्री ईँटा उद्योगले दर्जनौं मानिसलाई रोजगारी दिँदै आएको छ ।
व्यवशायको सिलसिलामा धेरै जसो समय काठमाडौमा बिताएपनि अजितले आफ्नो गृह नगरलाई विशेष प्रबद्र्धन गर्ने गरी व्यवशायीक र सामाजिक कार्यहरु सञ्चालन गर्न लागेका छन् ।
इटहरी आफ्नो जन्मस्थल भएकोले पनि इटहरीलाई आधार बनाएर थप लगानीका योजनाहरु पनि अघि बढाएको उनले बताउँदै आएका छन् ।