हङकङमाथि नेपालको जित

न्युजलय ६ भदौ २०८०, बुधबार १२:०९ मा प्रकाशित

काठमाडौँ ।  मलेसियामा जारी चार राष्ट्रसम्मिलित क्रिकेट सिरिजमा नेपालले विजयी शुरूआत गरेको छ। मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो।

हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५।५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालकी सम्झना खड्काले सर्वाधिक ३६ रन प्रहार गरिन्। उनले ५ चौका प्रहार गरिन्। उनी अविजित रहिन्। पूजा महतोले १६, कप्तान रूबिना क्षेत्रीले १० र इन्दु बर्माले ९ रन प्रहार गरिन्। सीता रानामगर ८ बलमा २ रनसहित अविजित रहिन्।

हङकङकी क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बिबिले १–१ विकेट लिइन्।

त्यसअघि वायुमास स्पोट्स एन्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९।१ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो।