जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

न्युजलय २ बैशाख २०८२, मङ्गलबार ११:३४ मा प्रकाशित

काठमाडौँ । नयाँ वर्षकै दिन जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।

कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन।