काठमाडौं । सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले खापुङलाई काठमाडौं छाड्न र विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।
आयोगकका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले निवर्तमान आइजिपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै अनुमतिबेगर काठमाडौं उपत्यका नछाड्न ‘स्थानहद’ पनि लगाएको छ ।