काठमाडौँ। आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोलामा ४ हजार ६ सय रुपैयाँले घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ९० रुपैयाँले घटेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।