काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ को विन्दुमा आईपुगेको छ ।
नेप्सेमा यसदिन ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड माथिको सेयर कारोबार भएको छ ।
आज २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज हिमालयन बैंकको संस्थापक सेयर सर्वाधिक १ अर्ब ६६ करोडको कारोबार भएको छ ।