काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को आरोलो यात्रा मंगलबार(आज) पनि कायमै रहेको छ । आज नेप्से ३६.०७ अंकले घटेर एक हजार ९ सय ९६ दशमलब २६ विन्दुमा झरेको हो ।
त्यस्तै, कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ । आज नेप्सेमा एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९० कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ४४८.४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।