इटहरी । पाँचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले जितेको छ ।
इलामको सन्दकपुरमा सम्पन्न गोल्डकपमा ब्रदरहुडले झापाको युनाईटेड फुटबल क्लब हराउँदै उपाधि जित्न सफल भएको हो । ब्रदरहुडले युनाईटडलाई पेनाल्टि सुट आउटमा २–० ले पराजित गरेको थियो ।
निर्धारित समयको एक एक गोलको बराबरी भएपछि खेलको नतिजाा पेनाल्टि सुट गएको थियो । विजेता ब्रदरहुडले २ लाख ५५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यता उपविजेता बुट्टाबारीले १ लाख ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकल जानकारी दिएको छ । देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा २०८१ साल चैत्र २५ गते देखि सन्चालित प्रतियोगिता २०८२ साल बैशाख १ गते नयाँ बर्षको दिन सम्पन्न भएको थियो ।
प्रतियोगितामा पॉचथर, इलाम, झापा, मोरङ, र उदयपुरका ८ टिमको सहभागिता रहको थियो ।