काठमाडौ । सिन्धुपाल्चोकबाट केही दिनदेखि हराएका भनिएका हायू परिवारका १५ सदस्य पोखरामा फेला परेका छन् । १६ जना भनिएपनि एक जना सदस्य काठमाडौंमा रहेको भन्दै सम्पर्कमा आएका थिए ।
कास्कीका प्रहरीका अनुसार सबै १५ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूले आफूहरू मजदुरी गर्न आएको बताएका छन् ।
उनीहरू पोखरामा बस्ने योजनासहित नै पुगेको देखिएको छ । उनीहरू सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा पुगेको खुलेको छ ।
घरमा सामाजिक सुरक्षा भत्ता वापत ८ लाख रुपैयाँ आएपछि उनीहरूले सुँगुर काटेर खाएको बताइएको छ । त्यसपछि एउटा बाख्रा बेचेर उनीहरू हिँडेका थिए । घरमा चौपाया बाँधेर छोडी हिँडेका थिए । पछि तिनै चौपाया कराएको सुनेपछि गाउँलेले खोजी गरेका थिए ।
उनीहरूको घर पहाडको एकलासमा पर्ने र वरिपरि घर नभएको कारण पनि गाउँलेले थाहा पाएका थिएनन् । उनीहरूले पनि कसैलाई जानकारी दिएका थिएनन् । ऊनीहरूले स्थानियहरुसँग केही ऋण सापटी पनि पहिले नै लिएको बताइएको छ ।
नाबालक सहित परिवार नै बेपत्ता भएपछि विभिन्न संका गरिएको थियो ।
परिवारका १५ जना :-
१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)