आईपीओ निष्कासन गर्न २६ कम्पनी पाइपलाइनमा

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०६:३८ मा प्रकाशित

काठमाडौं । विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर निष्कासनको तयारीमा रहेका छन् । 

२६ कम्पनीले आईपीओ निष्कासन विभिन्न समयमा निवेदन दिएर सेबोनको स्वीकृतिको पर्खाइमा छन् ।

सेबोनका अनुसार २६ कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँ बराबरको शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् ।

सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरुको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ । 

आईपीओका लागि पाइपलाइनमा रहेका २६ वटा कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, २० वटा हाइड्रोपावर, तीनवटा फाइनान्स र अन्य समूहको कम्पनीमा डिस मिडिया नेटवर्क रहेको छ ।