नेप्से ७.२१ अंक घट्यो

न्युजलय १८ जेठ २०७९, बुधबार १०:२२ मा प्रकाशित

काठमाडौं । बुधवार नेप्से परिसूचक ७ दशमलव २१ अंक घटेको छ । नेप्से परिसूचक २ हजार १३० दशमलव ७१ विन्दुमा झरेको हो । 

यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३० लाख २० हजार ६७ कित्ता शेयर २३ हजार १३४ पटकमा १ अर्ब ७ करोड ८४ लाख ४ हजार १८१ दशलमव ९५ बराबरको शेयर खरीदविक्री भएको छ । 

दिनहुँ परिसूचक घटिरहँदा सूचीकृत कम्पनीहरुको शेयरमूल्य धेरै नै सस्तिएको छ ।