संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ३ केराबारीमा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाडी चालक भारतीय नागरिक ३५ वर्षीय श्याम झा र गाडीमा सवार ४० वर्षीय श्रीनिवास सिंह रहेका छन् ।
गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार (आज) बिहान मृत्यु भएको हो ।
अरुण तेस्रो जलविद्युत आयोजनाको भारतीय नम्बर प्लेटको सिमेन्ट बोकेको गाडी आइतबार (हिजो) बेलुकी अनियन्त्रित भइ १ सय ५० मिटर तल खसेको थियो ।