अलकत्रा पगाल्न बालिएको आगोबाट बुटवलमा दुई घर जलेर नष्ट

न्युजलय २२ कार्तिक २०७८, सोमबार ०८:२२ मा प्रकाशित

बुटवल । बुटवलको नयाँ गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। सडक पक्की गर्न अलकत्रा पगाल्नका लागि बालिएको आगोबाट आगलागी भएको हो । सोमबार साँझ ५ः३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।


बुटवल उपमहानगरपालिकाको दमकलसहित इलाका प्रहरी कार्यालयको टोली आगो नियन्त्रणमा लिन खटिएको छ । प्रहरीका अनुसार आगो निभाउन सैनामैना नगरपालिकाबाट पनि दमकल झिकाइएको छ । घटनाको क्षतिबारे पूर्ण विवरण आइसकेको छैन ।