काठमाण्डौ । निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र आरआरआरको ट्रेलर सार्वजनिक भएको छ ।
राम चरण र जुनियर एनटीआरको अभिनय रहेको फिल्ममा आलिया भट्ट र अजय देवगनलाई पनि देख्न सकिन्छ । फिल्म सन् २०२२ को जनवरी ७ मा सार्वजनिक हुनेछ ।
फिलमको एक्सन दृश्यहरू ट्रेलरमा देखिन्छ । यो फिल्म भारतीय क्रान्तिकारीहरू अल्लूरी सीताराम राजू र कोमाराम भीमको कथामा आधारित छ ।
तर ती काल्पनिक पात्र हुन् । फिल्ममा यी दुईजनाले बेलायती उपनिवेश र हैदराबादका निजमाविरुद्ध लडिरहेको देखिन्छ ।
फिल्मका दुईवटा गीत सार्वजनिक भइरहेका छन् र सुपरहिट छन् ।