२०७८ साल माघ ६ गते बिहिबार

भद्रपुरमा मोटरसाइकलको ठक्कबाट पैदलयात्रीको मृत्यु

न्युजलय ३० पुस २०७८, शुक्रबार ११:१७ मा प्रकाशित

झापा। झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु बताइएको छ । घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका छन् ।