बाढी पीडितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा आज प्रदेश १ आउँदै

न्युजलय ७ कार्तिक २०७८, आइतबार ०२:४७ मा प्रकाशित

काठमाडौं । बाढी पीडितको अवस्था अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ आउने भएका छन्। आइतबार बिहान प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम र पाँचथरका जिल्लामा बाढीले पुर्‍याएको क्षति तथा हालको अवस्थाको अवलोकन गर्ने छन्। 


त्यस्तै उनले चारै जिल्लाका पीडितहरूसँग भेटघाट समेत गर्ने बताइएको छ।


उनी बिहान ८ बजे आएर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ।


यसअघि उनी सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाढीले पुर्‍याएको असरको अवलोकन गरेर फर्किएका थिए।