धरान । धरान–१७ बगान टोलमा शुक्रबार दिउँसो भएको आगलागीमा १५ लाख बढीको क्षति भएको छ ।
स्थानीय रमिला राईको काठको घर जलेर नष्ट भएको धरानका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । घरमा सिर्जना विक र महेन्द्र विकको परिवार भाडामा बस्दै आएका थिए ।
ग्याँस पड्केर आगलागी भएको अनुमान गरिएको छ।