रवि पक्राउविरुद्ध रास्वपाले ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझाउने

न्युजलय ४ कार्तिक २०८१, आइतबार ०२:३४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने  पक्राउको विरूद्धमा पार्टीका नेता तथा कार्यकर्ताले ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र दिने भएको छ । 

सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिइएको छ । 

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । उनीमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि रविलाई कास्की जिल्ला अदालतमा लगिएको छ ।