नेपाल–पाकिस्तानबीचको क्रिकेट हेर्न विद्यालयमा बिदा

न्युजलय १३ भदौ २०८०, बुधबार ०२:४८ मा प्रकाशित

जनकपुरधाम । नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदाको दिएको छ ।

आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको  हो ।

जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे आकस्मिक विदा दिएको बताए ।