विवाद बढेपछि आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बन

न्युजलय २५ कार्तिक २०८०, शनिवार १२:५९ मा प्रकाशित

एजेन्सी । बोर्डलाई सरकारले हस्तक्षेप गरेपछि आईसीसीले तत्कालका लागि श्रीलंकन क्रिकेट बोर्ड निलम्बन गरेको छ । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघटन गरी अर्को अन्तरीम बोर्ड गठन गरेको थियो । तर अदालतले फेरी स्थापित गरेको बोर्ड विवादमा मुछिएपछि तत्कालका लागि विघटन गरेको हो ।


१८ देखि २१ नोभेम्बरसम्म बस्ने बोर्ड बैठकले श्रीलंकन क्रिकेट बोर्डबारे थप निर्णय गर्ने छ। तर, निलम्बनपछि श्रीलंका क्रिकेटमा अहिले कुनै असर पर्ने देखिँदैन। किनभने टोलीले डिसेम्बरसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने कार्यतालिका छैन ।


एसएलसी निलम्बनपछि खेलाडीमा खासै असर नपर्ने भएपनि आईसीसीले श्रीलंका बोर्डको राजस्व रोक्न सक्ने सम्भावना रहेको छ। पुरुष यू १९ विश्वकप अर्को वर्षको जनवरी फेब्रुअरीमा श्रीलंकामा हुने भएको कार्यतालिका रहेको छ।