काठमाडौँ । कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेशियामा जारी प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वार्टर फाइनल खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरेको हो। पानी परेपछि डीएल पद्धतिका आधारमा नेपाल विजयी भएको हो।
कुवेतले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरको खेल हुँदा नेपालाले दुई विकेटको क्षतिमा ५० रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले २२, सीता राना मगरले १७, कविता जोशीले चार र कविता कुँवरले एक रन बनाए।
कुवेतका लागि मार्यम ओमारले एक विकेट लिइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।