काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै २९ महिनापछि २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो ।
आज ४२.४७ अङ्कले परिसूचक बढेको छ । यो १.७० प्रतिशतको वृद्धि हो ।
दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारीसँगै नेप्से परिसूचक उकालो लाग्न थालेको थियो ।