मोरङ । मोरङबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बेलुका रतुवामाई नगरपालिका– ३ छालगाछीबाट प्रहरीले धर्वेन्द्र शर्माको साथबाट चाँदी बरामद गरेको हो।
महादेवाबाट खटिएको प्रहरी टोलीले ३४ वर्षीय स्थानीय शर्माको साथबाट खरिद बिल नभएको अवस्थामा चाँदी बरामद गरेको हो।
प्रहरीले नियन्त्रणमा लिएको चाँदीसहित शर्मालाई आवश्यक कारबाहीका लागि विराटनगरस्थित रानी भन्सार कार्यालयमा बुझाउने जनाइएको छ।