काठमाडौं । सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।
उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताए ।
बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खदिर गर्नुपर्ने बताए ।
उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्टहरु छाप्नुपर्ने बताए ।