विश्वकप छनोटः पहिलो विकेट गुमाएपछि नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपाल

न्युजलय ९ असार २०८०, शनिवार ०७:५९ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङमा आएका आसिफ शेख लोगान भान विकको बलमा बोल्ड भएका हुन् । उनी सुन्य रनमा पेभिलिएन फर्किए ।

अहिले भिम सार्की र कुशल भूर्तेल क्रीजमा छन् । ताजा अवस्थामा ९ ओभरको खेल सकिएको अवस्थामा नेपालले एक विकेटको क्षतीमा २२ रन बनाएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।


नेपालले गत बिहीवार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन । आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।