नेप्से ५४.५१ अंकले बढ्यो

न्युजलय ८ चैत २०८२, आइतबार ०९:२५ मा प्रकाशित

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ५४.५१ अंकले बढेर २९३१ विन्दुमा पुगेको छ।  

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आज २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

१८३ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने ८ को स्थिर रह्यो ।