काठमाण्डौ । उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि मन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन्।
उनले बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ। मन्त्री हमाल प्रधानन्यायाधीश राणाका जेठान हुन्। सांसद नरहेका उनी असोज २२ गते मात्र कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका थिए।