ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरिजंगा गाउँपालिका–४ तेल्लोक जाँदै गरेको जिप दुर्घटना भएको छ ।
मे १ ज २०५६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
तीमध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा लैजान रेफर गरेको छ ।
फुङलिङ नरपालिका–४ का ३८ वर्षीय चन्द्र बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।
फुङलिङ नगरपालिका–७ दोखु ल्याङवाको ट्रनिङमा जिप सडकबाट तल झरेको हो । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘
जिपमा १८ जना यात्रु भएको प्रहरीले जनाएको छ । जिप चालक फुङलिङ नगरपालिका–८ का ३८ वर्षीय डिल्ली बिक्रम सुनुवार र जिप मालिक सिरिजंगा गाउँपालिकाका सञ्जिव मावो पनि घाइते भएको बताइएको छ ।