काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको सेयर कारोबार सोमबार(आज) बाट सुरु भएको छ ।
नेष्डोको पहिलो कारोबार प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा खुला भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म तोकेको थियो ।
सोही रेन्जभित्र रहेर नेष्डोको पहिलो कारोबार भएको हो । नेष्डोको चुक्ता पुँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर आइतबार सूचीकरण भएको थियो ।