काठमाडौँ । लगातार नेप्सेको उकालो यात्रा तेस्रो दिन पनि कायमै रहेको छ । मंगलबार(आज) नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन नेप्से सूचक १०.२६ अंकले बढ्दै २१ सय ४।७२ अंकमा अडिएको थियो । आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ५१ लिखा ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् ।