विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

न्युजलय १८ मङ्सिर २०८२, बुधबार ०४:१७ मा प्रकाशित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच खेल सुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्दैछ । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । 

यस्तै रोहितकुमार पौडेलले नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलबाट चार अङ्क जोडेको छ ।