काठमाडौं । पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव भएको छ । शनिबार कतिपय पेट्रोल पम्प बन्द रहेका छन् भने खुलेका पम्पमा लामो लाइन लागेको छ ।
शनिबार पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । आयल निगमले मूल्य बढाएपनि आफूहरुले पाउने कमिशन नबढाइएको भन्दै पेट्रोलियम व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले पेट्रोलियम ढुवानीको भाडा पनि बढाउन माग गरेका छन् । आयल निगमले व्यवसायीका माग सम्बोधनका लागि तयार रहेको भन्दै समय मागेको छ । तर व्यवसायीले भने तत्कालमाग सम्बोधन नगर्ने भए आइतबारदेखि सबै पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् ।