सामान्य अंकले बढ्यो नेप्से

न्युजलय २ पुस २०८१, मङ्गलबार ०९:०३ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से २‍.९५ अंकले बढेर २६३३‍.८७ विन्दुमा बन्द भएको छ । 

आज ११७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ कम्पनीको मूल्य घट्यो । १० कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ५३ हजार ९५७ पटकको सेयर किनबेचबाट ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।