कोशी प्रदेश योजना आयोग उपाध्यक्षमा निरौला नियुक्त

न्युजलय ४ मङ्सिर २०८२, बुधबार ०६:१३ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश  योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । 

कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

हालका  उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै  मन्त्रिपरिषद् बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ।