नेप्से आज पनि ओरालो

न्युजलय ३० चैत २०७८, बुधबार ०१:०१ मा प्रकाशित

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर दुई हजार ३८५.०१ मा ओर्लेको छ।


यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७६ अङ्कले ओरालो लागेर ४४९.१२ मा ओर्लेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ। कूल २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर रु एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ बराबरको कारोबार भयो। मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३३ खर्ब ८३ अर्ब २१ करोड ८६ लाख ८० हजार बराबर पुगेको छ।


नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन ३.१४ अङ्कले उकालो लागेको छ। बैंकिङ १२.९४, व्यापार ४०.७८, विकास बैंक ७१.५७, जलविद्युत् ५२.९२, वित्त ४५.०५, निर्जीवन बीमा २३५.१२, उत्पादन ९९.७, अन्य ४८, लघुवित्त ५१.३७, जीवन बीमा २१४.२३, सामूहिक लगानी ०.१९ र लगानी १.६२ अङ्कले ओरालो लागेको छ।