काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा उनको आवाजको ‘तिमी त’ बोलको गीत सार्वजनिक भएको हो ।
यादव भट्टराईको लेखन रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतको भिडियोमा गायक ढकालले नै अभिनय गरेका छन् ।