ट्वीटर कार्यालय केही दिनका लागि बन्द

न्युजलय ३ मङ्सिर २०७९, शनिवार ०१:५८ मा प्रकाशित

काठमाडौं । ट्विटरले कर्मचारीलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ। कामदारहरूलाई बन्द कार्यालय नोभेम्बर २१ सोमबारदेखि खुल्ने भनिएको छ।


नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म’’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो।


कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छ, ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।’

 

कामदारहरू कार्यालयमा बस्न चाहेमा वाचामा सहमत हुनुपर्ने मस्कले बताएको वाशिंगटन पोस्टले जनाएको छ।