काठमाडौं । बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज सुन प्रतितोला तीन हजार दुई सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ६५ रूपैयाँले घटेर प्रतितोला चार हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।