२०७८ साल मङ्सिर १३ गते सोमबार

नेप्से ३२ अंकले घट्यो

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०३:२४ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सेयर बजारको परिसूचक नेप्से ३२.२९ अंकले घटेको छ । सो अंकको कमीसँगै नेप्से २७३३ अंकमा कायम भएको छ । 

आज कुल ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढी हो । सोमबार ३ अर्ब ९२ करोडको कारोबार भएको थियो । 

नेपाल टेलिकमको मूल्य बढ्दा सो उपसमूह १९ अंकमा हरियो रह्यो । बैंकिङ १५, ब्यापार ४५, होटल तथा पर्यटन ९३, विकास बैंक ११९, जलविद्युत ७५, फाइनान्स ८८, निर्जीवन बीमा २०१, उत्पादन १०१, माइक्रोफाइनान्स ५६ र जीवन बीमा उपसमूह १८९ अंकले घटे ।

१७१ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । त्यस्तै नेपाल टेलिकमको मूल्य प्रतिकित्ता ३६ रुपैयाँ ८० पैसाले बढेको छ । आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ५।८ प्रतिशतले घट्यो ।