एकल महिलालाई उपचारको लागि लायन्स क्लब इटहरी एक्टिभको सहयोग

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०४:२९ मा प्रकाशित

इटहरी । पित्तथैलीको अपरेशनका लागि इटहरीस्थित लायन्स क्लब इटहरी एक्टिभले एक जना एकल महिलालाई आर्थिक सहयोग गरेको छ ।

इटहरी २ निवासी अति विपन्न सुक्रमाया तामाङ्गको पित्तथैलिमा भएको पथरिया फुटेर इमर्जेन्सी अप्रेशन गर्नुपर्ने अवस्था बनेपछि क्लबका सदस्यहरुबाट संकलित १३ हजार रुपैया प्रदान गरिएको हो । क्लबका डाइरेक्टर प्रकाश आचार्यको संयोजकत्वमा संकलित उक्त रकम र रिलाएबल फुड एन्ड वेभरेज प्रालिको सहयोगमा १ कार्टुन बदाम जुस दिइएको क्लबका अध्यक्ष उमेश दाहालले बताए । 

क्लबले यसअघि पनि विभिन्न आर्थिक समस्यामा परेका बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।