२०७८ साल कार्तिक ७ गते अाईतबार

प्रदेश १ मा सुरु भयो टेलिकमको एनटीटिभी

न्युजलय २३ असोज २०७८, शनिवार ०४:१४ मा प्रकाशित

विराटनगर । प्रदेश १ मासमेत नेपाल टेलिकमले आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ । एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने योजना अनुरूप कम्पनीले शुक्रबारदेखि प्रदेश १ मा समे यो सेवा सुरु गरेको हो । 

यो सेवा फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरूमा दशैँ पछाडि र तिहार अघि नै शुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले बताए । कम्पनीले २०७७ पुस १७ गतेदेखि पहिलो पटक काठमाडौंबाट यो सेवा सुरु गरेको थियो ।