२०७८ मंसिर २८ गते मंगलबारको राशिफल

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०६:५३ मा प्रकाशित

मेष । आज अधुरो काम पूरा हुन सक्छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा पनि सफलता मिल्नेछ ।

 

वृष । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

 

मिथुन । आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनसक्छ ।

 

कर्कट । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

सिंह । आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।

 

कन्या । आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । शेयर बजारमा गरेको लगानीले नोक्सानी हुनसक्छ ।

 

तुला । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

 

वृश्चिक । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

 

धनु । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ ।

 

मकर । चलाखीपूर्ण बोलीले अधुरा बन्नेछ । राजनैतिक कार्यमा सफलता पाइनेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

 

कुम्भ । नयाँ कामको थालनी हुनेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।

 

मीन । स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।