काठमाडौँ । रुसको उत्तरी काकेशसस्थित दागेस्तानमा आइतबार सशस्त्र आक्रमणकारीले गरेको आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।
दागेस्तानमा एक पर्व मनाइँदै गर्दा यो हमला भएको हो। आक्रमणकारीहरूले दुईवटा चर्च, एउटा सिनागग (यहूदी पूजास्थल) र प्रहरी चौकीमा आक्रमण गरेका थिए।
यस हमलामा १५ प्रहरी, एक चर्चका पादरी र एक सुरक्षा गार्ड मारिएका छन्। आक्रमणकारीमध्ये छ जना मारिएको पनि आरटीन्यूजले जनाएको छ।
रुसी प्रहरीले यो आक्रमणको अनुसन्धान सुरु गरेको भन्दै आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । दागेस्तान रूसको सबैभन्दा पिछडिएको मुस्लिम बहुल प्रान्त हो।