बढ्यो सुनको भाउ

न्युजलय २५ भदौ २०८३, बिहिबार ११:५४ मा प्रकाशित

काठमाडौँ ।  नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। बुधबारको तुलनामा आज सुनको भाउ ३ हजार ४ सय रुपैयाँले बढेको हो ।

सुन आज ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ५५ रुपैयाँ बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ।