बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते

न्युजलय २३ भदौ २०८०, शनिवार ०६:३२ मा प्रकाशित

बर्दिया  । बाँकेको शमशेरगञ्ज नजिक गएराति रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।