नेप्से २१.६२ अंकले उकालो

न्युजलय १२ फाल्गुण २०८२, मङ्गलबार १०:०३ मा प्रकाशित

 काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६२ अंकले उकालो लागेर २६३८ अंकमा पुगेको छ ।

अघिल्लो दिन सामान्य २ अंकको वृद्धिपछि आज भने बजारले बलियो सुधार देखाएको हो। तर सूचक बढे पनि कारोबार रकममा भने गिरावट देखिएको छ।

सोमवार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब २३ करोडमै सीमित रह्यो।