काठमाडौं । देशभर मनुसन सक्रिय भएसँगै पूर्वी र मध्य तराईमा भारी वर्षा भएको छ।
बंगालको खाडीबाट प्रवेश गरेको उच्च जलवाष्पयुक्त वायुका कारण देशभर मनसुन सक्रिय भएको हो। यो क्रम आइतबारसम्मै रहनेछ।
अहिले काठमाडौं उपत्यकासहित देशभर सघन वर्षा भइरहेको छ। पूर्वी र मध्य तराईमा भनेर धेरै भारी वर्षा भएको छ।
कोशी प्रदेशका झापा, मोरङ, इलाममा वर्षाले जनजीवन प्रभावित तुल्याइको छ। तटीय क्षेत्रमा डुबान र कटानको समस्या निम्त्याउन सक्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार शनिबार रातिबाट मात्रै वर्षा मत्थर हुने देखिन्छ। शुक्रबार देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना छ। आज र भोलि रात्री बस नचलाउन सरकारले आग्रह गरेको छ।