एनपिएलः काठमाडौँ गोर्खाज विरुद्ध पहिले ब्याटिङ्ग गर्दै कर्णाली याक्स

न्युजलय १५ मङ्सिर २०८२, आइतबार ०३:२३ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको खेलमा काठमाडौँ गोर्खाज विरुद्ध टस जितेर कर्णाली याक्सले ब्याटिङ सुरु गरेको छ ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ ।