खोटाङमा तीन दाजुभाइको विवादले लियो एक जनाको ज्यान

न्युजलय ३२ असार २०८३, बिहिबार ११:२५ मा प्रकाशित

खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा तीन दाजुभाइबीच भएको विवादले एक जनाको ज्यान लिएको छ ।

झगडामा गम्भीर घाइते भएका ३५ वर्षीय ओइमानसिंह राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २९ गते राति करिब ८ बजेतिर ४८ वर्षीय इमानसिंह राई, ३५ वर्षीय ओइमानसिंह राई र ३० वर्षीय टीकाबहादुर राईबीच विवाद हुँदा ओइमानसिंहको टाउको र पेटमा धारिलो हतियार प्रहार भएको थियो। 

गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएकोमा मंगलबार मृत्यु भएको हो।